जेठ ०७, २०८१, सोमबार
               

बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारवाहीको माग

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

बझाङ । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग भएको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा विरोध गर्दै बझाङमा बलात्कार गरी हत्या गर्ने हत्यारालाई कारबाहीको माग गरेका हुन् । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल, बझाङले प्रहरीलाई दिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको बलात्कारपछि हत्या भएको भएको हो । 

सो रिपोर्टअनुसार यौनाङ्गमा घाउ थियो । यसका अलवा उनको टाउको र अनुहार, पिठ्यूँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ । 

यसअघि चिकित्सकहरूले उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनी प्रारम्भिक रिपोर्ट प्रहरीलाई दिएका थिए । तर, अस्पतालको रिपोर्टअनुसार बालिकाको कलेजोमा पनि ठूलो घाउ देखिएको छ । उनलाई बलात्कारपछि हिर्काउँदा त्यो चोट लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

घटनामा संलग्न  भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरा छन् ।


कस्तो लाग्यो ?

यो पनि