जेठ ०१, २०८१, मंगलबार
               

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

एजेन्सी
असोज ११, २०७७

ADVERTISEMENT

चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ ।

दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।

सो खानीमा कार्बन मोनोअक्साइड ग्यास विस्फोट हुँदा मजदुर भाग्न नसक्दा च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । 

यस दुर्घटनामा परेर अरु पनि मजदुर सो खानीमा च्यापिएको अनुमान गरिएको छ । 

स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली सो घटनास्थल गएको छ । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर, पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो ।  

एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ । 

चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् । 


कस्तो लाग्यो ?

यो पनि