एजेन्सी । अफगानिस्तानका पूर्वीक्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिवानी लडाकुको ज्यान गएको छ । रक्षा मन्त्रालयका अनुसार शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी उनीहरुको मृत्यु भएको हो ।
अफगानिस्ताको पूर्वीप्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना ताबिलानी लडाकू मारिएका छन् ।
उनीहरु सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ ।
त्यसैगरी, सो प्रान्तको छिमेकी अर्को प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरुले शनिबार साँझ हमला गरेका थिए ।
त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरु घाइते भएका छन् । यी दुवै कारबाहीहरुमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ ।
यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरुले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
यतिखेर अफगान सरकार र तालिबानी लडाकूकाबीचमा कतारको दोहामा वार्ता जारी रहेको छ । तर यता अफगानिस्तानमा भने ताबिलानहरुले हिंसा रोकेका छैनन् ।