बैशाख १९, २०८१, बुधबार
               

गाउँपालिका अध्यक्ष नै फोन गर्न डाँडातिर धाउँछन्

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

ओखलढुंगा । चिशंखुगढी गाउँपालिका केन्द्र सञ्चारविहीन हुँदा सेवाग्राहीका दैनिक काममा कठिनाइ भएको छ । 

जनताका धेरैजसाै गुनासा र समस्या फोनमै समाधान हुने भए पनि गाउँपालिका केन्द्रमा फोन नेटवर्क नहुँदा गाउँपालिका धाउनुपर्छ भने कुनै काम परे गाउँपालिकाका अध्यक्ष आफैं डाँडातिर धाउछन्-‘कार्यालयमा टेलिफोनले कामै गर्दैन । कुरा गर्न माथि डाँडातिर धाउनुपर्छ । केन्द्र मात्रै होइन, चिशंखुगढीका अधिकांश गाउँमा टेलिफोन नटिप्ने समस्या छ ।’  

गाउँपालिकाले निजी कम्पनीको इन्टरनेट भए पनि प्रभावकारी छैन । इन्टरनेट नभएकै कारण गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत धेरै दिनदेखि बन्द छ । 

गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँचकाे लागि नेपाल टेलिकमले टावर निर्माण प्रक्रिया अघि बढाए पनि अहिलेसम्म काम सुरु नभएको गाउँपालिका अध्यक्ष शर्माकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि