असोज ०६, २०८१, आइतबार
               

राप्ती र तिनाउले बगाएर २ महिलाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटबलस्थित तिनाउ नदीमा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राई रहेकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

शुक्रबार राति घरबाट हिँडेकी राईको बुटवल १५, चंकीपुरस्थित शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ । 

त्यस्तै राप्ती खोलाले बगाएर शनिबार दिउँसो मकवानपुरमा एकजना किशोरीकाे मृत्यु भएकाे छ ।भीमफेदी गाउँपालिकास्थित त्रिखण्डेश्वर मन्दिरमा घुम्नका आएकी १७ वर्षीया प्रियंका सोनीको राप्ती खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार वीरगञ्ज घर भएकी उनी परिवारसँग घुम्नका लागि त्यहाँ आएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार सेल्फि खिच्ने क्रममा लड्दा उनलाई खोलाले बगाएको थियो । उनको शव त्रिखण्डीबाट करिब एक किलोमिटरबाट तल भेटिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि