असोज ०६, २०८१, आइतबार
               

सामूहिक बलात्कारको घटना मिलाउन १२ लाख दिन खाेज्ने पक्राउ

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

जनकपुर । सामूहिक बलात्कारको घटना मिलाउन पीडित पक्षलाई आर्थिक प्रलोभन देखाउने एकजना पक्राउ परेका छन् ।

बलात्कारको घटना मिलाउन पीडित परिवारलाई १२ लाख रुपैयाँ लिन भनेको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका–२ धर्मपुरका सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो।

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरकी १५ वर्षीया किशोरीको सामूहिक बलात्कारमा संलग्न श्यामसुन्दर यादवलाई बचाउन उनका बुवा सत्यनारायणले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारवाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएका थिए ।

बलात्कारको घटना मिलाउन आर्थिक प्रलोभन र धाकधम्की दिएको जानकारी आएपछि आज बिहान यादवलाई उनकै घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

धनुषाको धनुषाधाम नगरपालिका वडा २ धमौरा पोखरीनजिकै भदौ १ गते बेलुकी धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघाबाट गाउँका दुई दाइसहित गाउँ जाँदै गर्दा स्थानीय १०/१५ जना युवाहरु घेराउ गरि किशोरीसँगै रहेका दुवैजनालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि