जेठ ०५, २०८१, शनिबार
               

११ वर्षीया बालिकाको हत्या

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

धरान । बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छन् । 

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । घटनास्थल वरिपरि  रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए ।

धामी हरेर आमाबुवा राति  आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए ।  


कस्तो लाग्यो ?

यो पनि