असोज ०६, २०८१, आइतबार
               

घाँस काट्न गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको हो ।

स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले बताए ।

इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि