असोज ०६, २०८१, आइतबार
               

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पतिमा पुनः दोस्रोपटक कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

ललितपुर । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्‍नी दुवैमा पुनःदोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठले जानकारी गराएका हुन् ।

यस्तै बिहीबार नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि