असोज ०६, २०८१, आइतबार
               

डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गरी सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

१९औँ पटकको सत्याग्रहमा बसेका डा. केसीको अनसनमा बसेको शनिबार १३औँ दिन हो । युवाहरुले उनको सत्याग्रहको समर्थनमा माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गरेको छ ।

प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरुले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शनको तयारी गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि