विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।आकाशेपानीको निकास नहुँदा मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् ।
भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना (आइसिपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली जानकारी दिए ।
पराजुलीका अनुसार ६ लेन परियोजनाअन्तर्गतको (कोशी राजमार्ग) सडकमा पहिलो ९ वटा साइफन भए पनि हाल ६ वटा मात्रै छन् । साइफन नहुँदा पानीको निकास हुन नसकेकाले आइसिपीको बाँधजस्तै सडक डुबानमा परेको छ ।
चार दिनयता परेको वर्षाका कारण करिब दुई हजार पाँचसय घरमा पानी पसेको बताउँदै उनले निकासका लागि महानगरपालिकाले पहल गरिरहेको बताए ।