जेठ ०६, २०८१, आइतबार
               

गाई मार्ने कोरोना संक्रमित कैदी आइसोलेसनबाटै फरार

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति फरार भएको प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना संक्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट फरार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

गत भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला संक्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि