असोज ०६, २०८१, आइतबार
               

बुधबार संक्रमितभन्दा ३८ प्रतिशत बढीले जिते कोरोना

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज संक्रमितकाे तुलनामा डिस्चार्ज हुनेकाे संख्या धेरै रहेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ । साथै बुधबार १ हजार ८९३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । आज संक्रमितकाे तुलनामा कोरोना जित्नेकाे संख्या ७२१ जना बढी छन् । यो संख्या करिब ३८ प्रतिशत बढी हाे । 

पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ४१४ जना संक्रमित रहेका छन् । यस्तै ७ हजार १0४ जना क्वारेन्टनाइमा छन् । 


कस्तो लाग्यो ?

यो पनि