असोज ०६, २०८१, आइतबार
               

बाघको छाला र सालकको खपेटासहित पक्राउ

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका-३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका-४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।

बरामद सामानसहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि