असोज ०६, २०८१, आइतबार
               

जेलमा शंकास्पद मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ । चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो ।

मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए ।

मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन् । मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन् ।

‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ । जेलमा उहाँको हत्या भएको हुनुपर्छ । मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी थिइन् । उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर पनि सार्वजनिक गरेकी छिन् ।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो । विर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए । ‘अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो । त्यसपछि कोरोना परीक्षण गर्ने काम भयो । सोमबार रिपोर्ट पोजेटिभ आयो । उनको शरिरमा त्यस्तो कुनैपनि चोट छैन’, पौडेलले भने ।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले आरोपहरु झुट्टा भएको दावी गरे । उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए । जेलबाट निस्कँदा उनी नमस्कार गर्दै विदा भएको र शरीरमा कुनै पनि किसिमको चोट नदेखिएको हाम्रो सिसिटिभी फुटेजमा देखिन्छ’, बास्कोटाको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि