असोज ०६, २०८१, आइतबार
               

लुकिछिपी नेपाल छिरेका १५ जना भारतीय पक्राउ

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

मोरङ । कोरोना महामारीको बेलामा लुकिछिपी नेपाल प्रवेश गर्ने १५ जना भारतीयहरू पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बिओपी रानीले विराटनगर –१७ इश्लामपुर स्थित सीमा नाकाबाट १५ जना भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरेको छ ।

 कोरोना भाइरसको नियन्त्रणको लागि सीमा नाका बन्द भएपछि सरकारले तोकेको भन्दा बाहेकको नाकाबाट नेपाल प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरले जनाएको छ ।

सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकरभिट्टा र इलामको पशुपती नगरको नाकाबाट मात्र आवतजावत गर्न दिने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि