असोज ०६, २०८१, आइतबार
               

दुर्लभ वन्यजन्तुसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब साढे १ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ बस्ने २१ वर्षीय विशाल तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय सुबास तामाङ रहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका मोहन तामाङको कोठामा दुर्लभ बन्यजन्तु बिक्री गर्ने उद्देश्यले लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लुकाई राखेको अवस्थामा उक्त वन्यजन्तु फेला पारी सोही कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि