असोज ०६, २०८१, आइतबार
               

तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जनालाई सोही महानगरपालिका-४ स्थित जमानुगाछीबाट सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २१ वर्षीय रविन सहनी, १९ वर्षीय सुमित सहनी र एक जना १८ वर्षीय किशोर रहेका छन् ।

उक्त स्थानबाट टेलिकमको तार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उनीहरूलाई नेपाल टेलिकमको १ सय ५० पेयर र २ सय २० मिटर केवल तार र को.९ प ४१५८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि