मंसिर ०७, २०८१, शुक्रबार
               

कर्णालीमा ५५ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् ।

यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।  योसँगै प्रदेशभर कोरोना संक्रमितको सङ्ख्या तीन हजार २२८ पुगेको महाशाखा प्रमुख शाहीले बताए ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आज प्रदेशमा थप २७ जना डिस्चार्ज भएसँगै प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ७१४ पुगेको छ । जसमा ५०८ जना सक्रिय संक्रमित रहेको जनाईएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ७१ हजार ६५६ व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ९४१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ६५४, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ४४६ र दैलेख अस्पतालमा चार हजार ६१५ व्यक्तिको पिसिआर परीक्षण गरिएको महाशाखाका प्रमुख शाहीले जानकारी दिए “पिसिआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार ५३१ व्यक्तिको नतिजा नेगेटिभ छ”, महाशाखा प्रमुख शाहीले भने, “संक्रमितमा दुई हजार ६३२ पुरुष र ५९६ महिला छन् ।” हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको उनको भनाइ थियो । 


कस्तो लाग्यो ?

यो पनि