जेठ ०७, २०८१, सोमबार
               

डा. गोविन्द केसी ट्रमा सेन्टरबाट बाहिरिए

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं ल्याइएर ट्रमा सेन्टरमा राखिएका उनी मंगलबारै  सो अस्पतालबाट बाहिरिएका हुन् । 

केसीका सहयोगी डा. प्रवीण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ गएका छन् । उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

यो पनि