असोज ०६, २०८१, आइतबार
               

संवैधानिक निकायमा पदपूर्ति गर्न नेकपा सचिवालय बैठकको आग्रह

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले सरकारलाई संवैधानिक परिषदमा पदपूर्ति गर्न आग्रह गरेको बताएका छन् ।  मंगलबार बसेको बैठकले लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदपूर्तिका लागि सचिवालय बैठकले सरकारलाई यस्तो आग्रह गरेको बताए ।

कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको उनले बताएका छन् । बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको छ । त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ ।

बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । यसैका आधारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनगर्ठनको तयारीमा जुटेका छन् ।

यो पनि