असोज ०६, २०८१, आइतबार
               

डमरुभित्र रक्तचन्दन तस्करी, बौद्धबाट चार जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्दन तस्करी गर्न तस्कर समूहले अनेक उपाय अपनाउने गर्छन् । 

धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई महानगरीय अपराध महाशाखाले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय  कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रत्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बताए ।

उक्त समूहले काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै समेत आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद रक्तचन्दनको मूल्य एक लाख ८६ हजार १५० रुपैयाँ पर्छ ।

रक्तचन्दन कारोबारमा संलग्न चार जनाले डमरुमा रक्तचन्दन भर्ने जिम्मा मात्र पाएका थिए । तस्करीका मुख्य योजनाकार भने फरार छन् । 

एसएसपी थापाका अनुसार प्रतिकिलो ८ हजार ५ सयमा बेच्नका लागी रविनको योजनामा कैलास र लाक्पा आइतबार ‘ग्राहक डिल’ गर्दै थिए । करिब पाँच सय केजी रक्तचन्दन बेचबिखन गर्न लागेको सुराकका आधारमा अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मुख्य योजनाकार रविन गुरुङ फरार छन् ।

यो पनि