असोज ०६, २०८१, आइतबार
               

बलेरो दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए ।

शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि