बैशाख ०८, २०८१, शनिबार
               

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् 

बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताए । उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधै तयार रहेको बताए ।

छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि