राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङरिता शेर्पाको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
सोमबार ट्विट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ । दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै उनले शोकाकूल परिवारमा समवेदना व्यक्त गरेकी छिन् ।