असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा कुन वडामा कति संक्रममित ?

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

आइतबारसम्म काठमाडौं महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या ३ हजार ४७७ जना पुगेको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाका अनुसार हालसम्म ५५ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २ हजार ९०३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, ४२२ जनाको बारे केही नखुलेको महानगरले जनाएको छ । महानगरमा १५ हजार २९२ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको छ । यसमध्ये आइतबार मात्रै १३८ जनाको पिसिआर परीक्षण गरिएको थियो भने आइतबारसम्म १० हजार ८२८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये हालसम्म १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं महानगरमा ३ गतेसम्म ६ हजार ८५७ जना संक्रमित देखिएका थिए । महानगरको विभिन्न अस्पतालमा ४४३ जना, होम आइसोलेसनमा २ हजार ११२ र संस्थगत आइसोलेसनमा ९२२ जना उपचाररत छन् ।

वडा नम्बर १५ स्थित स्वयम्भू क्षेत्रमा सबैभन्दा बढी ६२७ जना संक्रमित भेटिएका छन् । यस्तै स्वयम्भूसँगै जोडिएको वडा नम्बर १६ बालाजु क्षेत्रमा ४४८ जनालाई संक्रमण पुष्टि भइसकेको छ ।

महाराजगञ्ज क्षेत्र रहेको वडानम्बर ३ मा ४०८, त्रिपुरेश्वर क्षेत्रस्थित वडानम्बर ११ मा ४०२, कालिमाटी क्षेत्र अवस्थित वडानम्बर १३ मा ३६९, बागबजार क्षेत्र अवस्थित वडानम्बर २८ मा ३४९ जना संक्रमित पुगेका छन् ।

त्यसबाहेक वडानम्बर ३२ कोटेश्वरमा ३७४, वडानम्बर २७ स्थित इनबहाल क्षेत्रमा २८४ जनामा कोरोना पुष्टि भएको छ । कलंकी, कुलेश्वर, बल्खु रहेको वडानम्बर १४ मा ३२७, वडानम्बर १३ स्थित कालीमाटीमा ३६९, बागबजार रहेको वडानम्बर २८ मा समेत ३४९, वडानम्बर १० बानेश्वरमा १७२ जनामा कोरोना पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि