बैशाख ०७, २०८१, शुक्रबार
               

सम्झौता रद्द र धरौटी जफतको मुद्दा चलिरहेका बेला मल नल्याउने कम्पनीले पुन: दर्ता गरे अर्को मुद्दा

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । तोकिएको समयमा मल नल्याउने ठेकदारले सरकारविरुद्ध पुन: मुद्दा दायर गरेका छन् । उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएका यसअघिका दुई उत्प्रेष्ण निवेदनमा छलफल चलिरहेकै बेला कालोसूची सिफारिसविरुद्ध ठेकदार कम्पनीले सो मुद्दा दायर गरेको हो । 

कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार  हाल उच्च अदालत पाटनमा ठेक्का सम्झौता रद्द र धरौटी जफतको मुद्दा चलिरहेका बेला पुन: अहिले उत्प्रेषण निवेदनसहित उच्च अदालतमा तेस्रो मुद्दा दर्ता गरिएको हो। 

कृषि सामाग्री कम्पनी लिमिटेडले यसअघि शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेको थियो ।

मल नल्याउने ठेकदारसंगको ठेक्का सम्झौता तोड्दै भदौ २१ गते कम्पनीले धरौटी जफत गर्ने निर्णय गरेको थियो। सरकारी कम्पनीको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दुई ठेकदार कम्पनीले उक्त निर्णय बदर गर्न माग गर्दै २८ भदौमा उत्प्रेषण रिट दायर गरेका थिए ।

 

यो पनि