असोज ०६, २०८१, आइतबार
               

संक्रमितमध्ये ५२ प्रतिशत होम आइसोलेशनमा

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय संक्रमितमध्ये  २३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ । 
महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् ।

सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय संक्रमित घरमै रहेको पाइएको हो । यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका संक्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।  

अस्पताल तथा आइसोलेशन सेन्टरहरूमा हेरचाहको कमी, पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश संक्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरू संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि