असोज ०६, २०८१, आइतबार
               

माछा पालेको पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । माछा पालेको पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पोखरीका डुबेर आमासहित दुई छोरीको मृत्यु भएको प्रहरीको भनाइ छ । प्राप्त जानकारी अनुसार आफैले माछा पालेको पोखरीमा  डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, उनकै दुई छोरी १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो ।

छोरीहरु माछालाई चारो हाल्न गएका र दुवै जना पोखरीमा पौडी खेल्न पसेर डुबेको थाहा पाएपछि  निकाल्न जाँदा आमा सीताको पनि मृत्यु भएको प्रहरीको भनाइ छ ।
 


कस्तो लाग्यो ?

यो पनि