असोज ०६, २०८१, आइतबार
               

सुरक्षा निकायका कुल ६ हजार सात सय पाँचमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । फ्रन्टलाइनमा खटिने  सुरक्षा निकायका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल गरी ६ हजार सात सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमध्ये सेनाका एकको मृत्यु भएको छ । हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना पुष्टि भएको छन् । कोरोना पुष्टि भएका मध्ये हालसम्म १८ सय नौजना डिस्चार्ज भएका छन् ।

हालसम्म प्रहरी प्रधान कार्यालयमा २६३, उपत्यकामा ६८१, प्रदेश १ मा १६८, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा १३७, गण्डकी प्रदेशमा १५३, प्रदेश ५ मा ११०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन् ।

नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चार सय एकजना डिस्चार्ज छन् । १६ सय ५४ जना सक्रिय  छन् ।

त्यसैगरी, सशस्‍त्र प्रहरी बलका एक हजार २३ मा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६७० जना डिस्चार्ज भएका छन् भने अन्य उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि