असोज ०६, २०८१, आइतबार
               

कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

धनगढी । कार्यालयकी कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।

गाउँपालिकामा कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

गाउँपालिकामै कार्यरत महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

डर धम्की देखाएर उपाध्यायले आफूलाई जवरजस्तीकरणी गर्ने गरेको २४ वर्षीया कर्मचारीको आरोप छ ।

उपाध्यायलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।


कस्तो लाग्यो ?

यो पनि