जेठ ०७, २०८१, सोमबार
               

डा. केसीलाई मध्यरातमा प्रहरीले उठाएर लग्यो अस्पताल

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले उठाएर अस्पताल लगेको छ ।

करिब पौने ११ बजेतिर प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा. केसीका सहयोगी (स्थानीय युवा) महेन्द्र कार्कीले जानकारी दिए ।

१९ औं सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेपछि अस्पताल लगिएको प्रहरीले स्पष्टिकरण दिएको छ । 

नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर डा. केसी अस्पताल जान मानेका थिएनन् ।

अस्पताल जान नमानेका 'डा. केसीलाई राति नै लछारपछार पारेर (जबर्जस्ती) प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको' डा. केसीका सहयोगीहरुले जानकारी दिएका छन् ।

डा. केसीले 'प्रहरीले आफूलाई अपहरण शैलीमा उठाएर ल्याएकोले कुनै पनि उपचार नलिने' बताएका छन् ।

मुलुकको स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार माग गर्दै डा. केसी सात दिनदेखि जुम्लामा अनशनरत छन् । 


कस्तो लाग्यो ?

यो पनि