जेठ ०५, २०८१, शनिबार
               

बालकको हत्या, एक पक्राउ

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

अछाम । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकोमा चोट लागेको छ । 

सुनारले किन बालकको हत्या गरे त्यो विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भनी पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि