जेठ ०६, २०८१, आइतबार
               

गाउँपालिका उपाध्यक्ष चन्द्रमाको निधन

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

धरान । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान तीन बजे राईको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो ।

भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि उनको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार भएको थियो । त्यसपछि उनलाई धरान ल्याइएको हो ।

उनमा जन्डिस र रक्तचापको समस्या देखिएको बताइएको छ ।

राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्यसमेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि