बैशाख २२, २०८१, शनिबार
               

भ्रष्टाचारको विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितताको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व सुरु भएको छ ।

नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, सहिदगेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षमा बाढीको नाममा भएको राहत वितरण, कर्मचारी भर्ना उपभोक्ता समिति निर्माण र मोटरसाइकल खरिद प्रक्रियामा भएको भ्रष्टाचार तथा अनियमितताबारे छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएपछि द्वन्द्व सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७ बुँदे मागसहित आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवाहरुले विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ, सडक मर्मत, पिसिसी ढलान, पशुसेवा र बालमैत्री कार्यक्रम, मिथिला सांस्कृतिक प्रवद्र्धन, खुला दिसामुक्त कार्यक्रम, चौक सौन्दर्यकरण तथा भ्युटावर निर्माणलगायत क्षेत्रमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । 

जलेश्वर नगरपालिकाले भने नागरिक समाजका अगुवाहरुले लगाएका सबै आरोप निराधार रहेको जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक अनुशासन र कानुनको परिधिभित्रै रहेर रकम खर्च गरेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बुझाएको १७ बुँदे मागको जवाफ एक महिनाभित्र उपलब्ध नगराए चरणबद्ध आन्दोलनमा जाने निर्णय नागरिक समाजका अगुवाहरुले गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि