काठमाडौं । बाजुरामा उत्पादित स्याउ हवाई जहाजमार्फत नेपालगञ्ज हुँदै धनगढीको बजारसम्म आइपुगेको छ ।
मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै धनगढी पुर्याइएको हो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा बिक्रीका लागि ल्याइएको बताइएको छ ।
बाजुरामा प्रतिकेजी ४० मा खरिद गरिएको सो स्याउ नेपालगञ्जमा एक सय १० मा किनबेच भइरहेको छ । स्याउन भरिया, ट्याक्टर, जहाजमार्फत बाजुराबाट धनगढीसम्म सो पुगेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताए ।