जेठ ०१, २०८१, मंगलबार
               

तीनकुनेका तरकारी थोक पसलको कारोबार रोक्का

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले तीनकुनेस्थित कृषि बजारमा सञ्चालन भइरहेको तीनवटा तरकारी होलसेल पसलको कारोबार रोक्का गरिदिएको छ ।

बिहीबार अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक विनोद विक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरले मापदण्डविपरीत पसल सञ्चालन गरेको पाइएपछि कारोबार रोक्का गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट लिखित रूपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको प्रहरी नायव निरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार दुलाल आलु भण्डार फर्म, उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल तरकारी पसल रोक्का गरिएको छ।

‘तीनकुनेको कृषि बजार मूलसडक तर्फका सटरबाट खुद्रा व्यापार हुन्छ भने भित्री सडकका पसलबाट थोक व्यापार हुन्छ,’उनले भने,‘हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा थोक व्यापार गर्ने पसलहरु दर्ता भएका छैनन् । पसलको परिचय पाटी पनि राखिएको छैन। खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ। नापतौलको प्रमाण पत्र छैन। त्यसैले कारोबार रोक्का गरिएको हो ।’

तीनकुनेको कृषि बजारमा एक सय २८ वटा तरकारीका स्टल छन्। अनुगमन टोलीले अनुगमन गर्दा त्यहाँ पनि प्याजको कालोबजारी हुने गरेको पाइएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि