जेठ ०६, २०८१, आइतबार
               

कार्यक्षेत्रमै वडा सचिवको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । 

कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान उनको मृत्यु भएको हो । 

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए । 

एक सातादेखि उनलाई निरन्तर ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए । 

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । 


कस्तो लाग्यो ?

यो पनि