बैशाख ११, २०८१, मंगलबार
               

अरिङ्गाल पोल्न गएका ३५ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

धादिङ ।  धादिङमा एक युवकको मृत्यु भएको छ। 

अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिदा लडेर त्रिपुरासुन्दरी गाउँपालिका-४ का मृतक ३५ वर्षीय अर्जुनबहादुर थापामगरको मृत्यु भएको हो । 

अरिङ्गाल पोल्न रुख चढेका उनी हाँगा भाँचिदा लडेका थिए । त्यसैगरी, अर्का २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको थियो ।  

त्यसैगरी, गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौ ल्याइँदै छ ।


कस्तो लाग्यो ?

यो पनि