बैशाख ३०, २०८१, आइतबार
               

श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ बिरामी

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

कैलाली । श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी  भएका छन् । गोदावरी नगरपालिका– १० खमौरामा २७ गते श्राद्धको खाना खाँदा सो घटना घटेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार श्राद्धमा खाना खाँदा बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिरामी भएका अन्य १५ को सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको  छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता) का कारण उनीहरु बिरामी परेको बताए । 


कस्तो लाग्यो ?

यो पनि