जेठ ०६, २०८१, आइतबार
               

अनलाइन कक्षाको नाममा शुल्क असुल्ने शैक्षिक संस्थालाई कारबाहीको माग

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं। विद्यार्थी संगठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारबाहीको माग गरेका छन्। 

१३ विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरेको भन्दै बुधबार यस्तो माग गरेका हुन् । 

बुधबार बसेको सो बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाइ परीक्षा सञ्चालन गर्न पनि माग गरेका छन् । 

कोभिड–१९ तत्काल नियन्त्रण नहुने र अझै एक दुई वर्ष रहने भन्दै उनीहरुले वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिकसत्र खेर जाने भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालन सञ्चालनको माग गरेका छन् । 

यसका अलवा उनीहरुले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी, गरीब तथा विपन्न मजदुरको कोठाभाडा र राहत प्याकेज घोषणा, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग मागसमेत गर्ने निर्णय गरेको छ ।

विद्यार्थी सङ्गठनले कोभिड–१९ नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न माग गरेका छन् । 

यो पनि