जेठ ०६, २०८१, आइतबार
               

महँगोमा प्याज बेच्ने काठमाडौंका व्यापारी पक्राउ

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । महँगोमा प्याज बिक्री गरेको आरोपमा प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेल व्यापारी सुनिल केसी छन् ।

भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । 

काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनीविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि