जेठ ०६, २०८१, आइतबार
               

मिर्गौला तस्करीमा संलग्न थप दुई जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौ । मिर्गौला तस्करीमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौला तस्करीमा संलग्न रहेका थप एक महिला र पुरुषलाई ललितपुर प्रहरीले पक्राउ गरेको जनाएको हो ।

यसभन्दा अगाडि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ । पछिल्लो समय पक्राउ पर्ने ती महिला र पुरुष लुकिछिपी बसिरहेको अवस्थामा बुधबार ललितपुरबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी छन् । प्रहरीका अनुसार पक्राउ पर्ने ती दुई जना मिर्गौला तस्करीमा नक्कली बुबा र आमा बनेका थिए ।

यो पनि