जेठ ०६, २०८१, आइतबार
               

पत्रकारको नक्कली प्रेस कार्ड बनाउने तीनजना धरौटीमा रिहा

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर कोरोना भाइरसको महामारीका समयमा पक्राउ परेका पत्रकारको नक्कली प्रेस कार्ड बनाउने तीन जना रिहा भएका छन् । उनिहरु जनही १०–१० हजार रुपैयाँ धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०–१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको जनाएको छ । प्रशासनको उक्त आदेशपछि बर्दियाका श्रीराम खड्का, नवलपुरका रमेशकुमार रेग्मी र स्याङ्जाका राजेन्द्र भण्डारी रिहा भएका छन् ।

त्यस्तै सोही घटनाका मुख्य आरोपी बागबजारस्थित कालिका प्रिटिङ प्रेसका सञ्चालक लक्ष्मण न्यौपाने भने कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको प्रहरीको भनाइ छ ।

मुख्य ती आरोपीलाई कोरोना निको भएपछि अभियोगमाथि सुनुवाई हुने प्रहरीले जनाएको छ । यही २२ भदौ गते बागबजारबाट १० वटा नक्कली प्रेस कार्डसहित चार जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि