जेठ ०६, २०८१, आइतबार
               

दाङमा करेन्ट लाग्दा ३ बालबालिकाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

दाङ । करेन्ट लागेर आज अपराह्न तीन बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरूलाई करेन्ट लागेको हो ।

अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि