जेठ ०४, २०८१, शुक्रबार
               

रणवीरसिंह थापाको घर नभत्काउनू : सर्वोच्च

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापाको पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले काठमाडौं, लगनस्थित २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

सर्वोच्चको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा शिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नु/राख्न लगाउनू’ भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि