काठमाडौं । सरकारले थप एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेकाे छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्ने निर्णय लिएको हो ।
सरकारले समस्यामा परेकाहरूका लागि यसअघि नै देशका मुख्य २० वटा नाका निर्धानरण गरेकाे थियो । साथै सोमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले थप २ वटा नाका खुला गरेकाे छ ।