जेठ ०६, २०८१, आइतबार
               

१० किलो गाँजासहित स्वयम्भूबाट दुईजना पक्राउ

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–५ घर भएका २७ वर्षीय सागर लामा र चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार लागुऔषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि