जेठ ०६, २०८१, आइतबार
               

एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

मकवानपुर । मकवानपुरमा पहिलोपटक एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पिसिआर नतिजाअनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजेटिभ देखिएपछि परिवारको समेत स्वाब संकलन गरी पिसिआर गरिएको थियो । परिवारको अन्य सदस्यलाई भने कोरोना नदेखिएको चौलागाईंले बताए ।

सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको उनले बताए । उनी हेटौँडा अस्पतालमा सुत्केरी भएको र केही समय बिताएकी थिइन् ।

शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको निगरानी गरिरहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि