जेठ ०६, २०८१, आइतबार
               

७० वर्षीय बुवाको छुरा प्रहारबाट ३५ वर्षीय छोराको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

वीरगञ्ज । रक्सीले मातेर आएका बुवाले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको हो ।

७० वर्षका वृद्धलक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधव साह गम्भीर घाइते भएका थिए ।

छुरा प्रहारबाट घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

घटनापश्चात् मृतक साहका बुवा लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको सिंहले बताए ।


कस्तो लाग्यो ?

यो पनि